प्रहरीको तलब : आईजीपीसम्म कसले कति पाउँछन् ?

काठमाडौं । यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब स्केल लागू भएको छ । प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक ९आईजीपी० को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ ।

सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो । आइजीपी र एआइजीको तलब स्केल बराबर छ । प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० को तलब ६६ हजार ८ सय ६० पुगेको छ । प्रहरी नायब महानिरीक्षक ९डीआईजी० को ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० तलब को ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक ९एसपी० को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ । ​यस्तै प्रहरी नायव उपरीक्षक ९डीएसपी०को ४९ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ भने प्रहरी निरीक्षक ९इन्स्पेक्टर० को तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।

प्रहरी नायव निरीक्षक ९सई० को तलब ३८ हजार २ सय ५६ रुपैयाँ र प्रहरी सहायक निरीक्षक९असई० को ३५ हजार २ सय ४१ रुपैयाँ तलब कायम भएको छ पुगेको छ । त्यस्तै, प्रहरी हवल्दारको २९ हजार ६ सय १७ रुपैयाँ र प्रहरी जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तलब तोकिएको छ ।

रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । फलोअर्स, सयस समेतको सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १० औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शीर्षक