वीरेन्द्रनगर ६ सुर्खेत जिल्ला घर भइ हाल सुकेधारा काठमाण्डौँमा बस्ने १८ बर्षिय सुजल सापकोटा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन सिलिण्डर ल्याएर आइपुगे । उनी २० लिटरका २० वटा अक्सिजन सिलिण्डर सहित पुगे । आफुले ल्याएको अक्सिजन सिलिण्डर अस्पतालका निर्देशक डा. राजिव शाह र द्धन्द्धबहादुर शाहीलाई हस्तान्तरण गरे । उनले भने,‘कोरोना कालमा अक्सिजनको चरम अभाव देखिएको छ । अहिले देखि अक्सिजन सिलिण्डरको जोहो गर्नाले पछि धोका पाइनेछैन । तेस्रो भेरयण्ट बालबालिका केन्द्रीत भएकोले अझ संवेदनशिल बन्न जरुरी देखिन्छ । यी सिलिण्डर पनि यही भेरियण्टमा प्रयोग हुनेछन । ’
एनआरएनए युगाण्डाको सहयोगमा प्राप्त अक्सिजन सिलिण्डर ल्याएर जुम्ला पुगेका सुजलले कोभिड महामारीबाट कसैले पनि अक्सिजन अभावका कारण मुत्यु हुन नपरोस भन्ने मान्यता रहेको प्रतिक्रिया दिए । उनले भने,‘कोरोनाको तेस्रो भेरियण्ट आइसकेको छ । यसले बालबालिकालाई प्रभावित बनाउने देखिन्छ । कर्णालीका बालबालिकालाई थोरै भएपनि राहत मिलोस भनेर अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । ’ युगाण्डा स्थित एनआरएनए संग सुजल र डा. सुहेल सापकोटाले अक्सिजन सिलिण्डरको लागि सहयोग गर्न पहल गरेका थिए । उनले भने,‘भौगोलिक रुपमा कर्णाली अति दुर्गम छ । दुर्गममा रहेको सुविधा सम्पन्न अस्पतालमा अक्सिजन दिदा धेरैभन्दा धेरै बिरामीले उपयोग गर्ने विश्वास छ । ’सुजल र डा. सुहेल दाजुभाई हुन ।
सुजलले भने,‘कर्णालीमा अक्जिसन अभावले बिरामी छटपटिरहेको समाचार सुन्न पाइन्छ । त्यो देखेर एनआरएनए संग समन्वय गरेर अक्सिजन प्राप्तभएको हो । यो सिलिण्डर भौतिक उपस्थितीमा दिन पाउँदा उत्साहित छु ।’ सुजलले भने,‘मैले सिलिण्डर ल्याएर बुझाएको छु । दाजु डा. सुहेल सापकोटाको भौतिक उपस्थिती भएन । उहाँ जहाँ भएपनि तनमन कर्णालीमै छ ।
डा. सुहेल सापकोटा सैनिक महाविद्यालय भक्तपुरबाट एसएलसी पास गरेका थिए । नेपाल आर्मी मेडिकल कलेजबाट एमबीबीएस उतिर्ण गरे । एक बर्ष ह्याम्स हस्पिटल काठमाण्डौँमा रहेर डक्टरी कामको अनुभव बुटुले । अहिले एमडीको तयारी गरिरहेका छन । पहिले देखि डक्टर बनेर दुर्गमको सेवा गर्ने धोको रहेको बताए ।
त्यसैगरी सुजल सापकोटा २०७४ सालमा काष्ठमण्डप विद्यालय मण्डिखाटार काठमाण्डौबाट एसइइमा ४ जिपिए ल्याएर उतिर्ण हुने पहिलो मेधावी विद्यार्थी हुन । उनी अहिले सेन्टजेभिएर्स कलेज माइतिघरमा साइन्स बिषय लिएर पढ्दैछन । उनी पनि डक्टर बन्ने बाटोमा अग्रसर छन । उनले भने,‘भविष्यमा डक्टर बन्ने धोको छ । त्यही भएर स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा ध्यान केन्द्रीत भइराखेको छ । अहिले देखि नै बिरामीको सेवा गर्ने इच्छा जागेको छ । ’ अक्सिजन ल्याएर अस्पतालमा बुझाउन पाउँदा उत्साहित भएको बताए ।
डा.सुहेल र सुजलका बुबा यामबहादुर सापकोटा सापकोटा जुम्ला स्थित नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन । बाहिनीपति सापकोटाले यसअघि ४० लिटरका १० वटा सिलिण्डर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई प्रदान गरेका थिए । यो सहयोग पनि एनआरएनए युगाण्डाको थियो । उनी पहल कर्ता थिए । एनडिसी कोर्ष पुरा गर्न नाइजेरिया गएको बेला दुई छोरा पनि नाइजेरीया संगै घुम्न गएका थिए । त्यो समयमा भएको सम्बन्धका कारण अक्सिजन सिलिण्डर प्राप्त भएको बाहिनीपति सापकोटा बताउँछन । उनले भने,‘छोराहरुले गरेको यो कार्य निकै प्रसंसनीय छ । ’
नाइजेरीयमा कैलाली घर भएका हिक्मत बहादुर थापा बस्छन । उनी एनआरएनएका समन्वयकर्ता हुन । सुजलले भने,‘ जुम्लाका नागरिकले अक्सिजनका कारण दुख नपाओस । कसैलाई पनि गाह्रो नहोस भन्ने विश्वासले अक्सिजन सिलिण्डर दिइएको छ । अहिलेको प्रमुख आवश्यकता अक्सिजन हो । धेरैले अक्सिजन पाउँदैनन ।
सुजल र डा. सुहेलको पहलबाट प्राप्त अक्सिजन हस्तान्तरण गर्न सुजल सहित बाहिनीपति सापकोटा,गणपति रविन थापा र मेजर दिनेश न्यौपाने अस्पताल पुगेका थिए । डा. सुहेल र सुजललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सम्मान पत्रका साथ सम्मान गरेको छ ।