सुर्खेत : कर्णाली प्रदेशमा बिहीबार बजेटसम्बन्धी दुई वटा अध्यादेश जारी गरिएको छ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मन्त्रिपरिषदको सिफारिसमा कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका अनुसार नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम दुई वटै अध्यादेश जारी गरिएको हो।