जाजरकोटमा ं.राहत कुर्दै थाके बाँसपानीका पहिरोपीडित

जाजरकोट : अविरल वर्षासँगै आएको पहिरोले आइतबार बिहान भेरी नगरपालिका –२ बाँसपानीका पाँचवटा घरमा क्षति पुर्‍याएको छ। दर्जनभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन्।

१३ घरधुरीले मानिसहरू घर नै छाडेर नजिकै रहेको त्रिभुवन आधारभूत विद्यालयमा बास बस्न बाध्य भएका छन्। पहिराले कृष्ण विक, काली कामी, नरजीत वली, वलवीर विक र ठेरो कामीको घरमा क्षति पुगेपछि उनीहरू अहिले विद्यालयमा आश्रय लिन पुगेका स्थानीय बिर्खबहादुर कार्कीले बताए।

पहिरो पीडितहरूले आफूहरूको दु:खमा साथ दिन स्थानीय सरकार र सरोकारवालाहरूले चासो नदिएको गुनासो गरेका छन्‌। सदरमुकामबाट आधा घण्टा दूरीमा पहिरो गएर क्षति हुँदासम्म स्थानीय सरकार र अन्य सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयबासी नरजीत ओलीले बताए।

पहिरोबाट पीडित भएका परिवारहरूलाई सबैले सक्दो सहयोग गरेर सुरक्षित बास व्यवस्थापनमा सहयोग गर्न जरुरी रहेको भेरी नगरपालिकाकी प्रवक्ता पार्वती विकले बताइन्‌। कार्यपालिकाको बैठक राखेर केही आवश्यक निर्णय लिइने उनको भनाइ छ।

सम्बन्धित शीर्षक