काँक्रेविहार यातायातले भित्र्यायो जेट बस

सुर्खेत । काँक्रेविहार यातायात प्रालिले नयाँ बस थप गरेको छ । सुर्खेत–काठमाडौं रुटमा सञ्चालन गर्ने उदेश्यले यात्रुहरुको चाहनाअनुसार सुविधायुक्त नयाँ बस थप गरेको हो ।

सीसी क्यामरासहित जडान भएका नयाँ बसमा सीट लक्जरियस रहेको प्रा.लि.का सचिव दिपेन्द्र खड्काले जानकारी दिए । ४० सीट क्षमताको बसमा यात्रुहरुलाई वाइफाईको व्यवस्था पनि गरिएको खड्काको भनाई छ ।

उनकाअनुसार थपिएका चार नयाँ बसले बुधबारदेखि नियमित रुपमा सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत सेवा शुरु गरिनेछ । भाडादर भने हाल कायम भएअनुसारकै रहेकाे खड्काले बताए । सुर्खेतबाट दैनिक साँझ बस काठमाडौंका लागि छुटाइनेछ । यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ सुविधा सम्पन्न बसहरु थपेको खड्काको भनाई छ ।

प्रालिले हाल सुर्खेतबाट नियमित रुपमा सुर्खेत–काठमाडौं, जाजरकोट–काठमाडौं, जाजरकोट–सुर्खेत, सुर्खेत–नेपालगञ्ज, सुर्खेत–कालिकोटहुँदै जुम्ला र सुर्खेत जिल्लाका विभिन्न स्थानका लागि बस तथा हाइस सेवा दिँदै आएको जनाएको छ । प्रा.लि.सँग हाल ७५ ओटा साना ठूला सवारी छन् ।

सम्बन्धित शीर्षक