गुजाराको आधार बन्दै कपुरकोटको ताजा तरकारी (फोटो फिचर)

सल्यान  : बेमौसमी तरकारीका लागि परिचित नाम हो कपुरकोट।  जसमा नेपालको बेमौसमी तरकारी झन्डै ४० प्रतिशत बजार कपुरकोटले ओगटेको छ। एक सिजनमा झन्डै तीन हजार मेट्रिकटन ताजा बेमौसमी तरकारी जिल्लाबाहिर निकासी हुने गर्दछ।

यस क्षेत्रका किसानहरुले विशेष गरी गोलभेंडा, बन्दागोभी, काउली, घिउसिमी, बोडी, खुर्सानी आलु, काँक्रो, स्कुस, मुला, गाँजर, हरियो साग, भान्टा, हरियो केराउ आदि बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन। फलफूलहरुमा आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा, हरियो धनियाँ, प्याज, लसुन, टिमुर आदि उत्पादन गर्ने गरेका छन्। यस बजार केन्द्रअन्‍तर्गत दर्जन बढी संकलन केन्द्र छन्।

समुद्री सतहबाट १२ मिटर देखि १८ सय मिटरसम्मको उचाइमा रहेको यहाँको खेतबारीमा किसानहरूले बढी मात्रामा बेमौसमी तरकारी उत्पादन गर्ने गर्दछन्।

सल्यानको पूर्वी भागमा रहेको धनवाङ, सिनवाङ, गर्पा, रिम, फलावाङ, त्रिवेणी, छायाक्षेत्र, रोल्पा जिल्लाका बुढागाउँ, नुवागाउँ, झेनाम, जुँगार, जिनावाङ, ओत जस्ता क्षेत्रबाट कपुरकोट बजार केन्द्रमा करिब १५ देखि २० हजार किसानहरू ताजा तरकारी एवं फलफूल बिक्री गर्ने गर्दछन्।

जब चैत वैशाखदेखि धेरैजसो ठाउँमा ताजा तरकारीको अभाव हुने गर्छ, यस क्षेत्रमा लोभलाग्दो तरिकाले लटरम्म तरकारी  र फलफूल उत्पादन हुने गर्छ। यसैले तान्छ सबैको मन। चाहे ज्युलाको खेत चाहे पाखाबारी, जताततै लटरम्म तरकारी र फलफूल फस्टाएको हुन्छ। पहिले कालापहाड जानेहरू खेतबारीमै रमाएको देख्न सकिन्छ, विदेशिनेहरूको यात्रा स्थगित भएर आफ्नै खेतबारीमा परिश्रम पोखिन्छ र त्यही परिश्रमबाट आर्जन भएको रकमले छोराछोरीले सहज तरिकाले पढ्न लेख्न पाइरहेका छन्।

केही तस्वीर झलक :

 

सम्बन्धित शीर्षक