सुर्खेत । सामाजिक सञ्जालमा मेमाेरिकिङ बताउने विजयी शाहीकाे मृत्यु भएको खवर एकाएक मंगलबार साँझ बाहिरियाे । यतिसम्म कि शाहीले कुनै समय अभिनय गरेकाे फाेटाे सामाजिक सञ्जालमा राखेर हार्दिक श्रद्धाञ्जलीसम्म दिए ।
तर नेपालीरैबारकाे टिमले आफूलाई मेमाेरिकिङ बताउने शाही मरेकाे हल्ला गलत भएको पुष्टि भएको छ । केही दिन अघि मात्रै गृह जिल्ला कालिकोट पुगेका शाही अचानक वेहाेस भएपछि उपचारका लागि सदरमुकाम मान्म ल्याउन लागिएको थियाे । तर उनकाे बाटाेमै हाेस आएपछि आफन्तले घर लगेकाे र उनी स्वास्थ रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहले बताएका छन् ।
सामाजिक सञ्जालमा आएका हल्ला गलत भएको उनकाे भनाइ छ । उनले आफन्तसँग सम्पर्क गरेर पुष्टि गरेकाे बताए । शाही महावै गाउँपालिका-५ मा रहेकाे कालिकाेट प्रहरीले जनाएको छ ।a