सुर्खेत । जबर जस्ती करणी मुद्दामा १० वर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ परेका छन् । साबिक कल्याण गाउँ विकास समिति– ८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३७ वर्षीय मदन बि.क.लाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा सुर्खेत जिल्ला अदालतको २०७४ कार्तिक २८ गते बि.क.लाई १० बर्ष कैद फैसला गरेको थियो । फैसला कार्यान्वयन लागि प्रहरीले थालेको विशेष अभियान अन्तरगत आज उनी रहेको घरबाटै पक्राउ गरिएको सुर्खेत प्रहरीको भनाई छ ।