गणेश रावत,
जुम्लाको चन्दननाथ नगरपालिका १ का चेत्य कुलाल १२ बर्ष देखि ओढारमा छन । उनी ४० बर्षको उमेरदेखि ओढारमा बस्दै आएका हुन ।
सानो छँदा माटोको एकतले घर थियो । घरमाथिबाट खसेको पaहिरोले घर भत्काइदियो । उनी विस्थापित भएर ओढारमा बस्न थाले । अहिले सम्म ओढारको बास छ । उनले भने,‘घर लगाएर बस्न सक्ने हैसियत छैन । ओढारमा जेनतेन बसिरहेको छु । हिउँदको सिरेटो र बर्षाको झरी संग सामाना गरिरहनु परिरहेको छ । ’
आफ्नो भन्नु यो संसारमा कोही पनि छैन । न बास छ । नत जग्गा जमिन । नत कुनै जीवन जीउने बैकल्पीक उपाय नै । उनले थपे,‘बेसाहरा जीवन गुजारी रहेको छ । न त लिन काल आउँछ । नत बाँच्ने कुनै उपाय नै छ । यो कष्टकर जीवन कतिन्जेल सम्म जीउनु पर्ने होला । ’
चित्रे दिनभर काँधमा पुरानो च्यातिएको झोला बोकेर गाउँमा चामल,दाल,साग, दाउरा माग्न हिड्छन । साँझ फर्किन्छन । ओढारमै खाना पकाउँछन । ओढारमै खान्छन् । ओढारमै सुत्छन् । ओढार उनको लागि घर हो । जग्गा जमिन हो । जीवनको साहरा नै ओढार हो । ’
खाना पकाउने भाडाकुडा समेत उनी संग छैन । भात र दाल पकाउने भाँडो एउटै छ । फ्याण्टाको बोतलमा पानी खान्छन । कोरोनाको दोस्रो लहरले उनी झनै प्रभावित छन । ओढारमा चामल सकिएको छ । गाउँमा हिडडुल गर्न समस्या छ । एक पटक प्रहरीले ओढ्ने ओछ्याउने दिएको थियो । त्यो फाटिसकेको छ । उनलाई स्थानीय सरकारले पनि हेरेको छैन ।
तर चन्ददनाथ नगरपालिकाका १ का सदस्य गोविन्द आचार्यल दुई पटक चामल दिदा पनि बेचेर खाएको बताउँछन । नागरिकता ल्याएर आउनुहोस । घर समेत बनाइदिउला भने पनि वडा कार्यालयमा आउन नमानेको उनी बताउँछन ।
अहिले १२ बर्ष देखि ओढारमा बस्दै आएको चित्रेको दैनिकी निकै दयनिय छ ।