जुम्लाका ५७ बर्षिय संक्रमितको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ । जुम्ला हिमा गाउँपालिका निबासी ५७ बर्षिय एक पुरुषको मृत्यु भएको हो
दम रोगले ग्रसित उनी जेठ ९ गते अस्पतालमा भर्ना भएका थिए । कोरोनो पोजेटिभ देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले कर्णाली अस्पतालमा उपचार गराइरहेका ५७ बर्षिय संक्रमितको मृत्यु भएको जानकारी दिए ।
उनले भने,‘दम रोगले ग्रसित ५७ बर्षिय बिरामी सिकिस्त अवस्थामा अस्पताल ल्याउनुभएको थियो । भेण्टिलेटर उपचार गर्दा गर्दै मृत्यु भयो । प्रवक्ता भट्टराईका अनुसार विहान साढे ५ बजेतिर संक्रमितको मृत्यु भएको हो ।
अहिले एक जना कालिकोटको संक्रमितकोको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोछ ।
यसअघि कर्णाली अस्पतालमा उपचार गराइरहेका कालिकोट तिला गुफाका २ जना र सुर्खेतको एक जना गरि तीन जनाको मृत्यु भइसकेको थियो ।

सम्बन्धित शीर्षक