वाग्मतीप्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि आज मतदानहुँदैछ। निर्वाचनको सम्पूणर् तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सीआईएन सँगबताउनुभयो । उहाँकाअनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानवको समयावधि तोकिएको छ । हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको चौरमाहुने मतदानपछि साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्यनिर्वाचन अधिकृत डिल्लीरत्नश्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डा खिमलाल देवकोटा मुख्यप्रतिस्पर्धामा उत्रनुभएको छ । एमालेको आधिकारीकउम्मेद्वार आफू भएको र प्रदेशमा नेकपाएमालेको बहुमत रहेको भन्दै थापाले दलीयव्यवस्थालाई स्वीकार गरेकाले स्वतन्त्र उम्मेद्वारलाई भन्दा अन्यदलका मतदाताले समेत आफूलाई मतदानगर्ने बताउनुभएको छ । नेकपाएमाले ओलीपक्षले गृहमन्त्रीथापा नै आधिकारिक उम्मेद्वार भन्दै ह्वीपजारी गरेको छ।काँग्रेस, नेकपामाओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपाएमाले माधव नेपालपक्षका डा खिमलाल देवकोटा उम्मेद्वार बन्नुभएको छ । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी दिनुभएको छ । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीयतहका प्रमुख र उपप्रमुख २ सय ३८ जना गरी ३ सय ४८ मतदाता रहेका छन्।